बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • नापोलीलाई पछ्याउँदै इन्टर


    हुलाक प्रेस

    • सोमबार, माघ ७ २०८१०९:३९
    नापोलीलाई पछ्याउँदै इन्टर

    काठमाडौं । इटालियन सिरी ‘ए’मा शीर्ष स्थानको नापोलीलाई पछ्याइरहेको इन्टर मिलानले इम्पोलीविरुद्ध ३–१ को जित निकालेको छ । 

    आइतबार राति घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज, डेन्जेल डफ्रिज र मार्कुस थुरमले गोल गरे । इम्पोलीका सेबास्टियनो एस्पोसिटोले एक गोल फर्काएका थिए । खेलको चारै गोल दोस्रो हाफमा भएको हो । 

    ५५औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ७९औँ मिनेटमा डफ्रिजले घरेलु टिमको अग्रता दोब्बर बनाए । ८३औँ मिनेटमा एस्पोसिटोले गोल गर्दै इम्पोलीलाई २–१ को अवस्थामा ल्याएका थिए । तर, ८९औँ मिनेटमा थुरमले गोल गरेपछि इन्टरले ३–१ को जित पक्का गरेको हो ।

    जितसँगै २० खेलबाट ४७ अंक जोडेको इन्टर तालिकाको दोस्रो स्थानमा छ । इन्टरभन्दा माथि रहेको नापोलीले २१ खेलबाट ५० अंक जोडेको छ । 

    २१ खेलबाट २० अंक जोडेको इम्पोली भने तालिकाको १४औँ स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ