बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • रियालको सहज जित


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८११०:५८
    रियालको सहज जित

    काठमाडौं । रोड्रिगो र भिनिसियस जुनियर चम्किँदा रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा बुधबार आरबी साल्जबर्गविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।

    जितसँगै सात खेलबाट १२ अंक जोडेको रियाल १६औं स्थानमा छ । पराजित साल्जबर्ग समान खेलबाट तीन अंकका साथ ३४औं स्थानमा छ ।

    स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन रोड्रिगो र भिनिसियसले समान दुई तथा किलियन एमबाप्पेले एक गोल गरे । म्याड्स बिडस्ट्रपले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो ।

    खेलको २३औं मिनेटमा रोड्रिगोको गोलमार्फत रियालले अग्रता लिएको थियो । ९ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।

    एमबाप्पेले ५८औं मिनेटमा गोल गर्दा रियाल ३-० ले अगाडि बढ्यो । भिनिसियसले ५५ र ७७औं मिनेटमा गोल गर्दा रियालको अग्रता ५-० मा पुग्यो ।

    निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बिडस्ट्रपले साल्जबर्गका लागि सान्त्वना गोल फर्काए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ