बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पुनरागमन जित


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८१११:०१
    म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पुनरागमन जित

    काठमाडौं । घरेलु टोली पेरिस सेन्ट जर्मन (पिएसी) ले युइएफए च्याम्पियन्स लिगमा बुधरबार म्याचेस्टर सिटीविरुद्ध ४-२ को पुनरागमन जित निकालेको छ ।

    जितसँगै सात खेलबा १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ । पराजित सिटी समान खेलबाट आठ अंकका सात २५औं स्थानमा छ ।

    पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे ।

    खेलको ५०औं मिनेटमा ग्रेलिसको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए । तर सिटीले त्यो अग्रतालाई लामो समयसम्म टिकाउन भने सकेन ।

    डेम्बेलेले पिएसजीका लागि पहिलो गोल फर्काए । चार मिनेटपछि नै बार्कोलाले गोल गर्दा पिएसजी २-२ को बराबरीमा आयो ।

    नेभेसले ७८औं मिनेटमा गोल गरेपछि पिएसजी ३-२ ले अगाडि बढ्यो । इन्जुरी समयमा रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ