बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • असाधारण लिभरपुलविरुद्ध ‘माइन्ड गेम’


    हुलाक प्रेस

    • आइतबार, माघ १३ २०८१०९:०१
    असाधारण लिभरपुलविरुद्ध ‘माइन्ड गेम’

    काठमाडौं । चेल्सीका पूर्व खेलाडी प्याट नेभिन अचेल बीबीसीका लागि फुटबल पण्डित भएका छन् र उनका अनुसार लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अहिले जे गरिरहेको छ, त्यो असाधारण छ । लिभरपुलले इपस्विच टाउनलाई एनफिल्डमा सजिलै हराएपछि यो प्रतिक्रिया दिएका हुन् ।

    तर त्यसको अर्थ के भने लिभरपुलका प्रतिद्वन्द्वी टिमले उसलाई पछ्याउन कुनै उपाय छाडेका छैनन् । अझ भन्दा हुन्छ, लिभरपुलविरुद्ध ‘माइन्ड गेम’ खेलिरहेको छ । त्यसकै उदाहरण हो, आसर्ननका प्रशिक्षक मिखेल आर्टेटाको भनाइ ।

    उल्भ्सलाई हराएयता आर्टेटाले भनेका छन्, ‘मलाई लाग्छ, लिभरपुललाई पनि कुनै न कुनै समय गाह्रो हुनेछ । त्यसैले पनि यही आशमा हामीले राम्रो खेलिरहनु पर्छ ।’ त्यसको अर्थ हो, सबै लिभरपुल कहिले हार्नेछ भन्ने प्रतीक्षमा छ ।

    तर अहिले तत्कालका लागि लिभरपुलले त्यस्तो कुनै छाँट देखाएको छैन् । र, अंक तालिकाका शीर्षमा छ अंकको अग्रता कायम राखेको छ, त्यो पनि एक खेल कम खेलेर । लिभरपुल अहिले लिगमा १८ खेलको अपराजित यात्राबाट पनि गुज्रिरहेको छ ।

    तिनै म्याट भन्छन्, ‘अहिले लिभरपुलले जसरी खेल जितिरहेको छ, त्यसलाई हेर्दा खेल जित्न पनि सजिलै हुन्छ जस्तो लाग्छ ।’ खासमा लिभरपुलले यसपल्ट उपाधिका लागि यति धेरै बलियो चुनौती पेस गर्नेछ भनेर कसैले पनि सोचेका थिएनन् ।

    योर्गन क्लोप बिदाइ लिएपछि आर्ने स्लट प्रशिक्षकको जिम्मेवारीमा आएका थिए । धेरैलाई के लागेको थियो भने लिभरपुल राम्रो प्रदर्शन गर्न संघर्षरत रहनेछ । तर यसको ठीक उल्टो लिभरपुलले लगातार राम्रो खेलिरहेको छ ।

    तर पनि सबै प्रतिद्वन्द्वी टिमको आश के हो भने लिभरपुल एक पल्ट न एक पल्ट चुक्ने छ, अनि सबैले त्यसको फाइदा लिनु पर्नेछ ।
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ