काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु टोली लिसविरुद्ध ४-० को सहज जित निकालेको छ ।
जितसँगै इन्टरले शीर्षस्थानको नापोलीसँग अंक दूरी घटाएर ३ मा पुर्याएको छ । इन्टरको २१ खेलबाट ५० अंक रहँदा नापोलीले २२ खेलमा ५३ अंक जोडेको छ ।
यता पराजित लिस २२ खेलबाट २० अंकका साथ १७औं स्थानमा छ । भिया डेल मारे म्युनिसिपल रंगशालामा इन्टरलाई जित दिलाउ डेभिड फ्राटेसी, लौटारो मार्टिनेज, डेन्जल डमफ्रिज र मेहदी तारेमीले गोल गरे ।
खेलको छैटौं मिनेटमै फ्राटेसीको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ३९औं मिनेटमा मार्टिनेजले टोलीको अग्रता दोब्बर बनाए ।
डमफ्रिजले ५७औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । ६१औं मिनेटमा तारेमीले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई ४ ० को सहज जित दिलाए ।