बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • रियाल स्पान्योलसँग पराजित


    हुलाक प्रेस

    • आइतबार, माघ २० २०८१०९:१९
    रियाल स्पान्योलसँग पराजित

    काठमाडौं । लिग लिडर रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार इस्पान्योलसँग १-० ले पराजित भएको छ ।

    जितसँगै २२ खेलमा २३ अंक जोड्दै १७औं स्थानमा उक्लिएको इस्पान्योलले रेलिगेशन क्षेत्र छाडेको छ । पराजित रियालको समान खेलबाट ४९ अंक छ ।

    आरसिडीइ रंगशालामा खेलको अन्त्य तिर कार्लोस रोमेरो गरेको एक मात्रै गोल घरेलु टोली इस्पान्योललाई जित दिलाउन पर्याप्त बन्यो । उनले निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा ओमर एल हिलालीको पासलाई पोस्टको दिशा दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ