बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • शीर्षस्थानमा उक्लियो बार्सिलोना


    हुलाक प्रेस

    • आइतबार, फागुन ११ २०८१०८:५१
    शीर्षस्थानमा उक्लियो बार्सिलोना

    काठमाडौं । लास पाल्मसविरुद्ध २-० को सिहन जित दर्ता गर्दै बार्सिलानो स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

    जितसँगै बार्सिलोनाले २५ खेलमा ५४ अंक जोडेको छ । यो दोस्रो स्थानको एट्लेटिको मड्रिडको भन्दा एक अंक बढि हो ।

    पराजित लास पाल्मस समान खेलबाट २३ अंकका साथ १७औं स्थानमा छ । ग्रान क्यानारियामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन ड्यानी ओल्मो र फेरान टोरेसले गोल गरे ।

    खेलको ६२औं मिनेटमा ओल्मोको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । इन्जुरी समयमा टोरेसले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

    लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियाविरुद्ध ३-० तथा भिल्ला रियालले रायो भायकानो तथा स्पान्योलले एलाभेसविरुद्ध समान १-० को जित निकाले ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ