बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • अल नासरको जितमा रोनाल्डो र मानेको गोल


    हुलाक प्रेस

    • बुधबार, फागुन १४ २०८११०:५३
    अल नासरको जितमा रोनाल्डो र मानेको गोल

    काठमाडौं । अल नासरले साउदी प्रो लिगमा मंगलबार अल वेहदा एफसीविरुद्ध २-० को जित निकालेको छ ।

    जितसँगै २२ खेलमा ४७ अंक जोडेको अल नासर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अल वेहदा समान खेलबाट १३ अंकका साथ पुछारमा छ ।

    किंग अब्दुल्लाह अजिज रंगशालामा पाहुना टोली अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो मानेले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

    खेलको ४८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । उनले अब्दुल रहमान घरिबको पासलाई पोस्टको दिशा दिए ।

    इन्जुरी समयमा मानेले पेनाल्टीमार्फत गोल गर्दै अल नसारको जित पक्का गरे ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ