काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले पराजित गरेको छ ।
मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालमा पिएसजीलाई जिताउन औसमाने डेम्बेलेले गोल गरेका थिए । उनले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलमा दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । ४७औं मिनेटमा आर्सनलका माइकल मेरिनोले गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (भार)ले मान्यता दिएन ।
क्वार्टरफाइनलमारियाल मड्रिडविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका डेक्लन राइसजस्ता खेलाडीलाई पिएसजीले चल्नै दिएन । ६० हजार घरेलु समर्थकमाझ माइकल अर्टेटाको प्रशिक्षणमा रहेको आर्सनलले स्वभाविक खेल पनि खेल्न सकेन ।
यता, लुइस इनरिक्वेकाे प्रशिक्षणमा रहेको पिएसजी भने फाइनल नजिक पुगेको छ । अब, दोस्रोे लेग मे ८ मा पिएसजीकै घरेलु मैदानमा हुनेछ ।