काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा केही खेल बाँकी हुँदै च्याम्पियन बनिसकेको लिभरपुललाई चेल्सीले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई ३-१ ले पराजित गरेको हो । जितसँगै चेल्सीले आगामि सिजनको च्याम्पियन्स लिग छनोटको सम्भावना कायम राखेको छ ।
अन्तिम चरणका केही खेल बाँकी रहँदा च्याम्पियन्स लिग छनोटको दौड रोमाञ्चक बनेको छ । अर्कोतर्फ म्यान्चेस्टर युनाइटेडको विर्सनलायक प्रदर्शन जारी छ । युनाइटेड भने ब्रेन्टफोर्डसँग पराजित भयो। ब्रेन्टफोर्डले युनाइटेडलाई ४-३ ले पराजिति गरेको हो ।
त्यस्तै शीर्ष चारको दौडमा रहेको न्युक्यासल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकियो । उसले सिटीलाई पछि पार्ने मौका गुमायो। बराबरी पछि पनि ६३ अङ्कका साथ चौंथो स्थानमा कायम छ । त्यस्तै अर्को खेलमा वेस्टह्याम युनाइटेड र टोटेनह्यामले पनि १-१ गोलको बराबरी खेले ।
आइतबारको खेलपछि अङ्क तालिकामा ३५ खेलबाट आर्सनल ६७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा म्याचेस्टर सिटीको समान खेलबाट ६४ अङ्क रहँदै तेस्रो स्थानमा छ ।
त्यस्तै न्युक्यासल र चेल्सीको समान ६३ अङ्क रहेको छ । त्यस्तै नोटिङघम फरेस्ट र एस्टन भिल्लाको ६० अङ्क रहेको छ ।