बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • बराबरीमा रोकिए आर्सनल र लिभरपुल


    हुलाक प्रेस

    • सोमबार, वैशाख २९ २०८२०८:३५
    बराबरीमा रोकिए आर्सनल र लिभरपुल

    काठमाडौं । शीर्ष दुई टोली लिभरपुल र आर्सनलले इङ्लिस प्रिमियर लिगमा आइतबार २-२ को बराबरी खेलेका छन् ।

    यो नतिजासँगै च्याम्पियन बनिसकेको लिभरपुलले ३६ खेलमा ८३ अंक जोडेको छ । आर्सनल समान खेलबाट ६६आंकका साथ दोस्रो स्थानमा छ ।

    इमिरेट्स रंगशालामा पाहुना टोली लिभरपुलका लागि कोडी गाक्पो र लुइस डियाजले गोल गरे । आर्सनलका लागि गाब्रियल मार्टिनेली र मिकेल मेरिनोले गोल गरे ।

    खेलको २०औं मिनेटमा गाक्पोको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । एक मिनेटपछि नै डियाजले डियाजले टोलीको अग्रता दोब्बर बनाए ।

    मार्टिनेलीले दोस्रो हाफको सुरुआतमै गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७०औं मिनेटमा मेरिनोले आर्सनललाई २-२ को बराबरीमा ल्याए ।

    गोल गरेको ९ मिनेटपछि नै मेरिनोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटियो ।  

    लिगमा आइतबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले चेल्सी, क्रिस्टल प्यालेसले टोटनहम तथा वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडविरुद्ध समान २-० को जित निकाल्दा नटिङघम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेले ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ