काठमाडौं । साबिक विजेता बार्सिलोनाविरुद्ध १-० को जित निकाल्दै आर्सनलले दोस्रो पटक महिला च्याम्पियन्स लिग उपाधि उचालेको छ।
आर्सनलले १८ वर्षपछि च्याम्पियन लिग जितेको हो । आर्सनल पछिल्लो पटक सन् २००७ मा च्याम्पियन बनेको थियो । त्यसयता टोलीले फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।
पोर्चुगलको जोसे अल्भालाडे रंगशालामा शनिबार सम्पन्न फाइनलमा स्टिना ब्लाकस्टेनिउसले गरेको एकमात्रै गोल आर्सनललाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ७५औं मिनेटमा बेथ मीडको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरिन् ।
यससँगै उपाधिमा ह्याट्रिक गर्ने बार्सिालोनको सपना पूरा हुन सकेन । सेमिफाइनलमा आर्सनलले लियोन र बार्सिलोनाले चेल्सीलाई पराजित गरेका थिए ।