बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • रोनाल्डो, भन्छन्-‘मसँग अब धेरै समय बाँकी छैन’


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२०८:३६
    रोनाल्डो, भन्छन्-‘मसँग अब धेरै समय बाँकी छैन’

    काठमाडौँ । पोर्चुगलका स्टार फुटबल क्रिश्टियानो रोनाल्डोले आफ्नो खेल अध्याय आफैमा पर्याप्त रहेको भन्दै अब आफूसँग धेरै समय नरहेको बताए ।

    उनले भने ‘अब धेरै वर्ष खेल्ने समय मसँग बाँकी छैन, मेरो करिअर आफैंमा पर्याप्त छ । सायद भोलि बिहान उठेर म भन्दिनँ सक्छु अब म खेल्न चाहन्नँ ।’ उनले आफूले कहिले खेलाडी जीवनको अन्त गर्ने भन्नेबारे अहिलेनै सोची नसकेको भन्दै जुनसुकै दिन त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘अहिलेसम्म मैले सन्न्यास लिने मिति तय भइसकेको छैन । तर भोलि नै पनि म आफ्नो रिटायरमेन्टको घोषणा गर्दिनसक्छु ।’

    पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले क्लब विश्वकप खेलुन् भने चाहना भने पूरा नहुने भएको छ । यसै महिना हुने क्लब विश्वकपमा सहभागी नहुने उनले बताए । उनको साउनी क्लब अल नासर क्लब विश्वकपमा छनोट हुन सकेको थिएन । तर उनको जुनमा अनुनबन्धन सकिने भएसँगै केही क्लबहरुले क्लब विश्वकपमा भाग लिन प्रस्ताव गरेका थिए ।

    तर ४० वर्षीय रोनाल्डोले उक्त अध्या समाप्त भएको बताए । साउदी अरेबियाको क्लब अल-नसरसँगको अनुबन्ध जुनको अन्त्यसँगै समाप्त हुँदैछ । मे महिनामा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल-नसर क्लब क्लब विश्वकपमा छनोट हुन नसकेपछि रोनाल्डोले कुनै अन्य टिमबाट भाग लिन सक्ने सम्भावना व्यक्त गरेका थिए ।

    तर रोनाल्डोले भने, ‘म क्लब विश्वकपमा सहभागी हुने छैन । केही टिमहरूले सम्पर्क गरेका थिए । केही प्रस्तावहरू उपयुक्त थिए भने केही थिएनन् । तर तपाईंले सबै कुरा गर्न सक्नुहुन्न, हरेक बल समात्न सकिँदैन ।’

    अल-नसरको लिगको अन्तिम खेलपछि मे महिनामा उनले सामाजिक सञ्जालमार्फत ‘यो अध्याय समाप्त भएको’ भनेर पोस्ट गरेका थिए, जसले गर्दा उनी अर्को क्लबमा जान सक्ने अड्कलहरू बढेका थिए । तर केही बलिया स्रोतलाई हवाला दिँदै बीबीसीले रोनाल्ड अल नासरमै बस्ने दाबी गरेको छ ।

    उनले अहिलेको आफ्नो लक्ष्य नेशन्स लिगको उपाधि जित्ने भएको पनि रोनाल्डले बताए । उनले आइतबार साँझ स्पेनविरुद्ध हुने नेशन्स लिगको फाइनलअघि आफ्नो करिअरमा धेरै समय नरहेकाले अब हुने फाइनलमा उपाधिसहित मैदानबाट बाहिरिने बताएका थिए ।

    रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएपछि अल-नसरमा आवद्ध भएका थिए । उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा अघिल्लो सिजन मात्र ४१ खेलमा ३५ गोल गरेका थिए ।

    बुधबार जर्मनीविरुद्धको खेलमा उनले निर्णायक गोल गर्दै पोर्चुगललाई पछिल्लो २१ वर्षे करिअरमा चौंथो पटक कुनै पनि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुर्याएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ