बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • न्यूक्यासललाई हराउँदै लिभरपुलको लगातार दोस्रो जित


    हुलाक प्रेस

    • मंगलबार, भदौ १० २०८२०८:१७
    न्यूक्यासललाई हराउँदै लिभरपुलको लगातार दोस्रो जित

    काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक खेलमा न्यूक्यासल युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ । 

    गएराति सम्पन्न खेलको निर्णायक गोल इन्जुरी समयमा रियो एनगुमोहाले गरेका थिए । लिभरपुलका लागि यसअघि रयान ग्राभेनबर्च र हुगो एकिटिकेले एक–एक गोल गरेका थिए । उता, न्यूक्यासलका ब्रुनो गुइमाराएज र विलियम ओसुलाले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए ।

    खेलको पहिलो हाफको अन्त्यतिर एन्थोनी गोर्डोनले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सीमित भएको थियो । यस जितसँगै लिभरपुलले लिगमा लगातार दोस्रो सफलता हात पारेको छ ।

    दुई खेलबाट ६ अंक जोडेको लिभरपुल तालिकामा तेस्रो स्थानमा पुगेको छ । अर्कोतर्फ पहिलो खेल बराबरी खेलेको न्यूक्यासल दोस्रो खेलमा हार्दै सिजनको सुरुवात कमजोर गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ