काठमाडौं । इंग्लिस क्लब एभर्टनले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । आइतबार हिल डिकिन्सन रंगशालामा पहिलो हाफमा क्रिस्टल प्यालेसले घरेलु टोली एभर्टनविरुद्ध १–० को अग्रता बनाएको थियो ।
एभर्टनले भने दोस्रो हाफमा उक्त अवस्थालाई उल्ट्याउँदै २–१ को पुनरागमन जित निकालेको हो । खेलको ३७औँ मिनेटमा क्रिस्टल प्यालेसका ड्यानियल मुनोजले टोलीलाई अग्रता दिलाए । ७६औँ मिनेटमा एभर्टनका डेभिड मोयेजले पेनाल्टी अवसरलाई गोलमा परिवर्तन गर्दै टोलीलाई खेलमा फर्काए । यसको आठ मिनेटपछि एभर्टनका ज्याक ग्रिलिसले दोस्रो गोल गरेपछि टोलीले जित पक्का गरेको हो ।
यो जितसँगै एभर्टनले तालिकामा १२ अंक जोडेको छ । एभर्टनले सात खेलमा तीन जित, तीन बराबरी र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । एभर्टनले क्रिस्टल प्यालेसविरुद्धको अवे खेल सन् २०२६ को मे ९ मा खेल्नेछ । खेल इंग्ल्यान्डको सेलहस्र्ट रंगशालामा बेलुका ७ः४५ बजे हुनेछ ।