बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १२ २०८२०८:०१
    एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने

    काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

    चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको भएपनि चौथो स्थानमा छ ।

    तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न आज जित्नैपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ