काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३-० गोलसहित विजयी भएको हो ।
ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले एक गोल गरे । कुन्हाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल उनले २३ औँ मिनेटमा गरे ।
यस्तै, भिन्सियसले खेलको ३६ औँ मिनेटमा गोल गरेका थिए । समूह 'सी'को दोस्रो खेलपछि ब्राजिलले विश्वकप २०२६ को पहिलो जित दर्ता गराएको हो ।