काठमाडौं । एएफसी एसियन कपअन्तर्गत समूह ‘ई’को खेलमा जोर्डनले बलियो मलेसियाविरुद्ध ४–० को जित निकालेको छ । सोमबार राति कतारको अल जानब मैदानमा जोर्डनले पहिलो हाफमै तीन गोल गरेको थियो ।
सुरुवातमै अग्रता बनाएपछि जोर्डन खेलभर हाबी भएको थियो । दुबै टोलीबीच एएफसी एसियन कपमा पहिलो पटक भेट भएको थियो । जसमा जोर्डनको आफ्नो प्रभाव प्रष्ट पार्न सफल भयो ।
जोर्डनको जितमा मोहम्मद मार्दी र मौसा सुलेमानले समान दुई गोल गरेका थिए । खेलको १२औं मिनेटमा जोर्डनले पहिलो गोल गरे । उनले याजान अल नाइमतको पास सदुपयोग गरेका हुन् ।
१८औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै अग्रता २–० को बनाइन् । मादीले ब्यक्तिगत दोस्रो गोल ३२औं मिनेटमा गर्दै जोर्डनलाई सहजतर्फ अगाडि बढाए । खेल सकिन पाँच मिनेटअघि मौसाले अर्काे गोल थपेका हुन् ।
राति नै भएको अर्काे खेलमा इराकले इन्डोनेसियालाई ३–१ ले हरायो ।