आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • भाँडिएको राजनीतिको मारमा रहेको निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक छ :  पर्यटनमन्त्री किराँती


    हुलाक प्रेस

    • मंगलबार, माघ ९ २०८०१२:२५
    भाँडिएको राजनीतिको मारमा रहेको निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक छ :  पर्यटनमन्त्री किराँती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।
     
    आज बिहान प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम रहेकाले नयाँ ढंगले पुनःसंरचना गर्नुपर्ने बताएका हुन् । 

    उनले वर्तमान अवस्थामा निगम अगाडि बढ्न नसक्ने अवस्था रहेको बताउँदै भने,‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ, बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’ 

    उनले निगमलाई करार व्यवस्थापनमा लैजान क्याबिनेटमा प्रस्ताव लगेको ४ दिन भइसकेको जानकारी पनि दिए। 

    उनले भने, ‘यो चाँडै स्वीकृत हुन्छ। करार व्यवस्थापनमा राम्रै देखिएको अनुभव छ।’


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ