शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • केही दिन उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न पर्यटन विभागको अनुरोध


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १२ २०८३०८:५६
    केही दिन उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न पर्यटन विभागको अनुरोध

    काठमाडौं । पर्यटन विभागले ११ देखि १५ कात्तिकसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।

    नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।

    प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    साथै, आधिकारिक निकायबाट जारी हुने मौसम सम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ । त्यस्तै खुम्बु, मनाङ लगायत हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ