काठमाडौं । यु-१९ एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा नेपाल पहिलो जितको प्रयासमा पाकिस्तानविरुद्ध मैदान उत्रिँदा पाकिस्तान लगातार दोस्रो जितसहित सुपर सिक्समा पुग्ने लक्ष्यमा रहेको छ ।
दक्षिण अफ्रिकास्थित इस्ट लन्डनको बफेलो पार्कमा हुने खेल आज दिउँसो १:४५ मा सुरु हुनेछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
त्यसैले नेपाल आज पाकिस्तानविरुद्ध २२ वर्ष अघिको इतिहास दोहोर्याउने प्रयासमा हुनेछ । विश्वकप क्रिकेटमा तीन पटक भिड्दा २००२ मा नेपालले पाकिस्तानलाई हराएको थियो । तर त्यसपछि २०१६ मा भएको भेटमा भने नेपाल पाकिस्तानसँग पराजित रह्यो ।
नेपाली यु-१९ टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), दीपक बोहरा, तीलकराज भण्डारी, आकाश चन्द।
पाकिस्तानको टोली:
शाहजैब खान, शम्याल हसन, आन वावैस, साद बेग (कप्तान), अहमेद हसन, मोहमद रिआजउल्लाह, अरफत मिन्हास, उबेद साह, मोहम्मद जिशान, अमिर हसन, अली असफन्द, खुबैब खलिल, नविद अहमद खान, हरुन अर्शद र अली राजा।