आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस सांसदले काठमाडौं छाड्न लिखित अनुमति लिनुपर्ने


    हुलाक प्रेस

    • शुक्रबार, माघ १९ २०८००५:३०
    कांग्रेस सांसदले काठमाडौं छाड्न  लिखित अनुमति लिनुपर्ने

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

    संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ ।

    बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्‌‌मा पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ ।  विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ