बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल रिपब्लिक मिडिया ४२.६४ लाख घाटामा, आईपीओ निष्कासन खर्च ३८ लाख


    हुलाक प्रेस

    • शुक्रबार, माघ २६ २०८००९:१५
    नेपाल रिपब्लिक मिडिया ४२.६४ लाख घाटामा, आईपीओ निष्कासन खर्च ३८ लाख

    काठमाण्डौ । आम्दानीमा गिरावट आएसँगै नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । 

    कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९३ लाख रुपैयाँ नाफामा थियो ।  

    कम्पनीको आम्दानी ८ करोड ४ लाखबाट घटेर ५ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।  कम्पनीको प्रशासनिक खर्च २ करोड ३२ लाख,बिक्री तथा वितरण खर्च १ करोड ७ लाख र आईपीओ निष्कासन खर्च ३८ लाख रुपैयाँ रहेको छ ।  

    कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ६ लाख १५ हजार र दीर्घकालिन कर्जा २७ करोड ९९ लाख रुपैयाँ रहेकोमा नगद मौज्जाद १२ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  

    कम्पनीको प्रतिसेयर आम्दानी ०.४४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८९.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.६६ रुपैया कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ