बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • फागुन महिनाका लागि घट्यो बैंकको ब्याजदर, कुनले कति घटाए ?


    हुलाक प्रेस

    • सोमबार, माघ २९ २०८००८:४०
    फागुन महिनाका लागि घट्यो बैंकको ब्याजदर, कुनले कति घटाए ?

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएसँगै वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका १८ वटा वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ७.७१ प्रतिशत कायम भएको छ ।  

    गत माघ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ८.११ प्रतिशत थियो । यसरी फागुन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.३९० प्रतिशतविन्दुले घटेको छ ।  

    यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.७११ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.३८ प्रतिशतविन्दुले कम हो । माघ महिनामा संस्थागत तर्फ बैकहरुको औसत ब्याजदर ६.०९ प्रतिशत थियो ।  

    नेपाल बैंक लिमिटेड

    नेपाल बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतममा व्यक्तिगततर्फ ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागतफर्त भने बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

    राष्ट्रिय वाणिज्य बैंक

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.७२ प्रतिशतविन्दुले कम हो ।  

    प्राइम कमर्सियल बैंक

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.४ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.७ प्रतिशतविन्दुले कम हो ।  

    कुमारी बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.०१ र व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतविन्दुले कम हो ।  

    एनआईसी एशिया बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.०६५ प्रतिशतविन्दुले कम हो ।  

    प्रभु बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५६५ प्रतिशतविन्दुले कम हो ।  

    नेपाल इन्भेष्टमेन्ट बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.६ प्रतिशतविन्दुले कम हो ।  

    सानिमा बैंक

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५१ र व्यक्तिगततर्फ ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.६४ प्रतिशतविन्दुले कम हो ।  

    एमएमबी बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.५ र व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।  

    ग्लोबल आइएमई बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.६ र व्यक्तिगततर्फ ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।  

    नेपाल एसबीआई बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१ र व्यक्तिगततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.१५ प्रतिशतविन्दुले कम हो ।  

    नविल बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.३५ प्रतिशतविन्दुले कम हो ।  

    स्ट्याण्डर्ड चाटर्ड बैंक

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.३५ र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

    माछापुच्छ्रे बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

    एभरेष्ट बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

    लक्ष्मी सनराइन बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

    हिमालयन बैंक  

    बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१५ र व्यक्तिगततर्फ ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ