शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस


    हुलाक प्रेस

    • आइतबार, फागुन ६ २०८००१:२४
    आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

    नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । 

    उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जनाएको हो ।  मन्त्रालयका अनुसार सिफारीसमा पर्नेमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । 

    रिक्त रहेको निगमको कार्यकारी निर्देशक पदका लागि गत पुस ७ गते दरखास्त आह्वान गरिएको थियो । उक्त दरखास्त स्वीकृत उम्मेदवारमध्ये कार्यकारी निर्देशक छनौटका लागि सिफारिस समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंकप्राप्त गर्ने तीनजनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।  

    निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि निगम कार्यकारी निर्देशकविहिन अवस्थामा छ । कार्यकारी निर्देशकका लागिको आवेदन परेको थियो ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ