बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थमा, एक महिनामै २७ अर्बको आयात


    हुलाक प्रेस

    • बुधबार, फागुन ९ २०८०१०:१९
    नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थमा, एक महिनामै २७ अर्बको आयात

    काठमाडौं । नेपालले विदेशबाट गर्ने वस्तु आयातमा पेट्रोलियम पदार्थको आयात माघमा पनि उच्च रहेको छ । माघ महिनामा मात्रै नेपालले २७ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा मात्रै १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो । यो आयात नेपालको कुल आयातको २० प्रतिशत बढी हो ।

    अर्थात नेपालले पछिल्लो ७ महिनामा गरेको कुल आयातमा पेट्रोलियम पदार्थले मात्रै २० प्रतिशत हिस्सा ओगटेको छ । लगातार बढिरहेको नेपालको व्यापारघाटामा पनि सबैभन्दा ठूलो हिस्सा यसैको छ । अर्थात पछिल्लो ७ महिनामा मात्रै नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्दा पेट्रोेलियम पदार्थ एक्लैले १ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेको छ ।

    यसरी हेर्दा नेपालले औसतमा प्रतिमहिना २५ देखि २८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरी खपत गरिरहेको छ । सरकारले नेपालको उच्च व्यापारघाटा घटाउनकै लागि पछिल्लो समय बिजुलीको खपत बढाउने रणनीति अपनाएपनि त्यसले काम नगरेको देखिएको छ । जसका कारण माघसम्म नेपालले ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख २९ हजार किलोलिटर डिजेल, ३८ अर्ब ८२ करोड बराबरको ३ लाख ९१ हजार किलोलिटर पेट्रोल र ३० अर्ब ३१ करोड रुपैयाँ बराबरको २९ करोड ८९ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको छ ।

    खासगरी सरकारले नेपालमा उत्पादिन विद्युत खपत बढाउने योजना अघि सारेपनि घरायसी र औद्योगिक प्रयोजनका लागि आवश्यक बिजुली सम्बन्धित क्षेत्रमा पुर्याउन पूर्वाधार निर्माण ध्यान नदिँदा पेट्रोलियम पदार्थको आयात घटाउन नसकिएको यस क्षेत्रका जानकारहरु बताउँछन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ