बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आयो, निगमले यथावत राख्यो मूल्य


    हुलाक प्रेस

    • शुक्रबार, फागुन १८ २०८००७:४९
    भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आयो, निगमले यथावत राख्यो मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउलाई यथावत राखेको छ। भारतबाट बढेर आएपनि उपभोक्ताको हितलाई ध्यानमा राखि हाललाई पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा एल. पि. ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज फाल्गुण १७, २०८० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः रु. ०. २१ र रु. ०.८५ ले बढेर आएको छ। साथै, एल. पि. ग्यासको मूल्यमा प्रति सिलिण्डर रू. २१ .६६ ले बढेर आई प्रति सिलिण्डर नोक्सानी रु. ३२५ . ०९ पुगेको छ। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ