शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • आइतबार, फागुन २० २०८००८:२१
    सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर

    काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–१८ मा पर्ने साराङकोटको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन् ।

    विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले तत्कालीन ग्यारजाती गाविस र परिवर्तित साराङकोट गाविसका जनप्रतिनिधिसहित मतियारसमेतलाई जनही एक लाख ७१ हजार जरिवानाको फैसला गरेको हो । 

    साराङकोट गाविसका तत्कालीन अध्यक्षहरू मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा नम्बर–७ का तत्कालीन अध्यक्ष मानबहादुर थापा, वडा नम्बर–७ कै तत्कालीन सदस्य एमबहादुर गुरुङ र तत्कालीन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष भरतबहादुर थापालाई जनही एक लाख ७१ हजार २०० जरिवानाको फैसला भएको छ ।

    मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न पहल गरेका दिलबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादीसरहकै जरिवाना हुने फैसला भएको छ ।

    सबैलाई जनही एक वर्ष कैद हुनेमा उमेरका आधारमा मोदनाथ, भलपटबहादुर र एमबहादुरलाई ७५ प्रतिशत छुट गरी तीन महिना कैद निर्धारण भएको छ । यस्तै, मानबहादुर र दिलबहादुरलाई ७० प्रतिशत कैद छुट गरी तीनमहिना १८ दिन कैद निर्धारण भएको छ ।

    जग्गा आफ्नो नाममा पार्न मतियारको भूमिका ठहर भएका गुरुङलाई भने पूर्ण अर्थात् एक वर्ष कैद निर्धारण भएको छ ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ