शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • साराङकोटका तत्कालीन गाविस सचिवसहित पाँच जना भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • सोमबार, फागुन २१ २०८००२:१८
    साराङकोटका तत्कालीन गाविस सचिवसहित पाँच जना भ्रष्टाचारी ठहर

    काठमाडौं । कास्कीको तत्कालीन साराङकोट गाविसका सचिवसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    विशेष अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको अभियोगमा तत्कालीन सराङकोट गाविसका सचिव मोदनाथ रेग्मीसहित पाँच जना विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेला बोलाएर व्यक्तिलाई दिएको कसुरमा उनीहरुलाई दोषी ठहर गरेको हो । 

    त्यसबेलाका गाविस सचिज रेग्मी र झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई अदालतले दोषी ठहर गरेको हो । उनीहरूलाई जनही १ वर्ष कैद र १ लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको अदालत स्रोतले जनाएको छ । 

    तर, सबै जना ज्येष्ठ नागरिक भएकोले सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषको फैसलामा उल्लेख छ । गुरुङलाई ७० प्रतिशत र अरूलाई ७५ प्रतिशत छुट दिन निर्णय भएको छ । 


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ