बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • भारतले पहिलो पटक परीक्षण गर्‍यो एमआईआरभी क्षेप्यास्त्र


    हुलाक प्रेस

    • मंगलबार, फागुन २९ २०८००२:२५
    भारतले पहिलो पटक परीक्षण गर्‍यो एमआईआरभी क्षेप्यास्त्र

    काठमाडौं । भारतले पहिलो पटक ‘मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रि–इन्ट्री भेइकल’ (एमआईआरभी) प्रविधिसहितको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

    भारतले आफ्नो रणनीतिक आणविक हतियार अग्नि ५ मा यो प्रविधि एकीकृत गरेको हो ।

    एमआईआरभी भनेको एउटै क्षेप्यास्त्रले धेरैवटा विस्फोटक हतियार बोकेर प्रक्षेपण हुने र ती विस्फोटक अलगअलग निसानामा प्रहार गर्ने प्रविधि हो । अग्नि ५ भारतको सबैभन्दा आधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र हो । यसको मारक क्षमता ५ हजार किलोमिटरभन्दा ज्यादा रहेको बताइन्छ । 

    एमआईआरभी प्रविधि सीमित मुलुकसँग मात्रै छ । जसमा अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस पर्छन्। पाकिस्तानले २०१७ मा यो प्रविधि परीक्षण गरेको थियो । यो हतियार भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले विकास गरेको हो ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले दिव्यास्त्र नाम उल्लेख गर्दै सोको घोषणा गरेका हुन् । यसबाट आफू गौरवान्वित भएको उनको भनाइ छ । एजेन्सी 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ