आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते चीन जाँदै


    हुलाक प्रेस

    • बुधबार, चैत ७ २०८००८:३८
    परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते चीन जाँदै

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको स्रोतको दाबी छ । यो सद्भाव भ्रमण हुने स्रोतले बतायो ।

    स्रोतका अनुसार चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले मानसरोवर पनि जाने तयारी गरेका छन् ।

    हालसम्म विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल हुने तय भएको छ । “चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने वा नहुने भन्ने तय भइसकेको छैन,” स्रोतले भन्यो ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पनि परराष्ट्रमन्त्रीको चीन भ्रमण छिट्टै हुने बताए । तर, मिति र एजेन्डाका विषयमा आफूलाई जानकारी नभएको उनले जनाए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ