आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • उपनिर्वाचनः उमेदवारको नामावली प्रकाशन आज


    हुलाक प्रेस

    • सोमबार, चैत २६ २०८००८:३६
    उपनिर्वाचनः उमेदवारको नामावली प्रकाशन आज

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ । 

    आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  

    आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

    २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा  १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ