शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • संयुक्त राष्ट्रसंघका महासचिवले कात्तिक १४ गतेको संसद् बैठकलाई सम्बोधन गर्ने


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ३ २०८००८:२७
    संयुक्त राष्ट्रसंघका महासचिवले कात्तिक १४ गतेको संसद् बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद् बैठकलाई सम्बोधन गर्ने मिति तय भएको छ। 

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार महासचिव गुटेरेसले कात्तिक १४ गते बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने मिति तय भएको हो। 

    उक्त दिनको बैठकमा अपराह्न चार बजे उनले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसअघि नै असोजमै उनको नेपाल भ्रमण तय भएको थियो। तर मध्यपूर्वमा देखिएको समस्याका कारण उनको भ्रमण स्थगित भएको थियो। तत्कालै अर्को मिति तय गर्ने परराष्ट्र मन्त्रालयले बताएको थियो। 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको भ्रमणको कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ