बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डमा रानालाई पठाउने तयारी


    हुलाक प्रेस

    • बुधबार, जेठ २ २०८१०७:५७
    अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डमा रानालाई पठाउने तयारी

    काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो ।

    केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष रित्त रहेको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्ने सदस्य स्वत अध्यक्ष हुने व्यवस्था छ । सोही अनुरुप नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्त नहुन्जेलसम्मका लागि अर्थमन्त्री वर्षमान पुनले रानालाई बोर्ड अध्यक्ष बनाएर पठाउन लागेका हुन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ