बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • डाक्टर लाइसेन्स परीक्षामा ४५.३८ प्रतिशत फेल


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०८:०९
    डाक्टर लाइसेन्स परीक्षामा ४५.३८ प्रतिशत फेल

    काठमाडौं । चिकित्सक नाम दर्ता (डाक्टर लाइसेन्स) परीक्षामा ४५.३८ प्रतिशत फेल भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको परीक्षाको नतिजा अनुसार ५४.६२ प्रतिशत उत्तीर्ण भएका देखिएको छ ।

    परीक्षामा एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फर्म भरे पनि परीक्षामा १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने ६०५ जना फेल भएका हुन् । 

    यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना उत्तीर्ण भएका हुन् । काउन्सिलले बीडीएसमा दुई जना अनुपस्थित रहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ