बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • ५७० जनाले गरे सगरमाथाको आरोहण, आजैमात्र ६५ जना चुचुरोमा पुगे


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८११०:२२
    ५७० जनाले गरे सगरमाथाको आरोहण, आजैमात्र ६५ जना चुचुरोमा पुगे

    काठमाडौं । वसन्त ऋतुको जारी आरोहणमा बिहीबारसम्म ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका छन् ।

    पर्ययटन विभागका अनुसार आजसम्म विभिन्न आरोहण दलबाट आरोही सदस्य र क्लाइम्बिङ गाइड गरी ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका हुन् ।

    आजमात्र आरोही र क्लाइम्बिङ गाइडसहित करिब ६५ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ । आजसम्म आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये एक जनाको पालभित्रै निधन भएको हो ।

    त्यसैगरी अहिलेसम्म तीनजना हराएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ