बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • देउवाले बजेटअघि बोलाए विपक्षी दल र संसदीय दलको बैठक


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:१७
    देउवाले बजेटअघि बोलाए विपक्षी दल र संसदीय दलको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन् । मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

    भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको छुट्टाछुट्टै बैठकमा छलफल गर्न खोजेका हुन् ।

    कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ