बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित 


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०२:००
    गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित 

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । 

    रिटमाथिको सुनुवाइ स्थगित गर्न निवेदक अनुपम भट्टराईलेले निवेदन दिएकाले आज सुनुवाइ स्थगित गरिएको हो । 

    लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिटको आजको  सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । सोही कारण उनले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए । 

    अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत उनले माग गरेका छन् । 

    रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

     


  • सम्बन्धित विषय:

  • # #rabilamichane
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ