शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर स्थायी जागिर, अवकासपछि भ्रष्ट्राचार मुद्दा दायर


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०६:२०
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर स्थायी जागिर, अवकासपछि भ्रष्ट्राचार मुद्दा दायर

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोय अनुसन्धान आयोगले श्री प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा कार्यरत रही अवकाश पाएका शिक्षक डिसी विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    डिसीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको दाबी छ ।

    डिसीले नेपाल सरकारको स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिइसकेका छन् ।

    नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले डिसी सजायको भागीदार भएको अख्तियारले जनाएको छ ।



  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ