बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • लोकसभा निर्वाचन : भाजपाले ६१ सिट गुमाउँदा कांग्रेसले कति थप्यो ?


    हुलाक प्रेस

    • बुधबार, जेठ २३ २०८१०७:४२
    लोकसभा निर्वाचन : भाजपाले ६१ सिट गुमाउँदा कांग्रेसले कति थप्यो ?

    काठमाडौं । भारतीय लोकसभा निर्वाचन–२०२४ को मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली समयअनुसार मंगलबार राति २ बजेसम्म तीन सिटको मतगणना गर्न मात्र बाँकी छ । कुल ५४३ सिटमध्ये ५४० सिटको परिणाम आइसकेको छ ।

    भारतीय निर्वाचन आयोगका अनुसार मतगणना अन्तिम चरणमा पुग्दा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको छ ।

    प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९८ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४६ सिट बढी पाएको छ । कांग्रेसले एक सिटमा अग्रता लिइरहको छ ।

    यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ