बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • जी–७ नेताहरूको अर्को शिखर सम्मेलन  कानानास्किस अल्बर्टामा हुने


    हुलाक प्रेस

    • आइतबार, असार २ २०८१०७:२३
    जी–७ नेताहरूको अर्को शिखर सम्मेलन  कानानास्किस अल्बर्टामा हुने

    ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन  कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन् ।

    क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।

    यसले सन् २००२ मा, जी–७ को २८औँ शिखर सम्मेलनको आयोजना समेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।

    सन् २०१८ मा क्यानडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिहरूलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिएका थिए । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ