बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, असार ४ २०८११०:५५
    यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

    आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यस्तै, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

    नारायणी र यसका प्रमुख सहायक नदीहरू बूढीगण्डकी, मर्स्याङदी तथा पूर्वी राप्ती, कमला, वाग्मती र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

    p1.png


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ