बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्दै पुटिन


    हुलाक प्रेस

    • मंगलबार, असार ४ २०८१११:४०
    २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्दै पुटिन

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । 

    बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने छन् । दुई नेताबीच गत वर्ष पनि सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो ।

    सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण पहिलोपटक गर्न लागेका हुन् । अमेरिकाले आफू ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउन’ चिन्तित रहेको बताएको छ । 

    क्रेमलिनले यस भ्रमणलाई ‘मैत्री राज्य भ्रमण’ भनेको छ र रुसी मिडियाका अनुसार, पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दासहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने तथा दुई नेताले संयुक्त वक्तव्य जारी गर्ने सम्भावना छ । 

    पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्ने सम्भावना छ। उत्तर कोरियामा यो मात्र अर्थोडक्स चर्च हो ।

    प्राप्त जानकारीअनुसार पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणका क्रममा बसेका थिए ।

    पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ । साथै भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक पनि रहनेछन् । 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ