शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • झुटो विवरण पेश गर्ने दुई जनाको बंशजको नागरिकता रद्द


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक १७ २०८००५:५५
    झुटो विवरण पेश गर्ने दुई जनाको बंशजको नागरिकता रद्द

    काठमाडौं । झुटो विवरण पेश गरी वंशजको आधारमा नेपाली नागरिकता लिएका दुई जनाको नागरिकता रद्द भएको छ।

    कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    यस्तै, देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्ध गरी उनलाई पनि नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ