काठमाडौ । काठमाडौँदेखि छिमेकी मुलुक भारतसम्म भूकम्पको धक्का महसुस गरिएको छ । राती ११ बजेर ४८ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको छ ।
काठमाडाैका साथै भूकम्पकाे धक्का पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढ्ता महसुस गरिएकाे छ ।
भूकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।