काठमाडौं । भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
भूकम्पको क्षति निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार बिहान जाजरकोट पुगेका थिए।
सोही हेलिकोप्टरमा जाजरकोटको नलगाडका ७ जना घाइते र उनीहरूका कुरूवालाई सुर्खेत ल्याइएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।