शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोट भूकम्प

    कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख उपलब्ध गराउने


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८०११:३८
    कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख उपलब्ध गराउने

    काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । 

    कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् । 
    कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।


  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ