बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • फणिन्द्र देवकोटाले लिए दोस्रोपटक मन्त्री पदको शपथ


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८१११:३२
    फणिन्द्र देवकोटाले लिए दोस्रोपटक मन्त्री पदको शपथ

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बनेका छन् ।

    उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । देवकोटा दोस्रोपटक गण्डकीको मन्त्री बनेका हुन् ।

    गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ