शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएका जहाज र हेलिकप्टरको इन्धन आयल निगमले ब्यहोर्ने


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८००५:४१
    भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएका जहाज र हेलिकप्टरको इन्धन आयल निगमले ब्यहोर्ने

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

    निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।

    आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ