बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायती निर्वाचनः ४३२ सिटको घोषणामा लेवरलाई ३०५ सिट, कन्जरभेटिवलाई ६४ सिट


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८१०१:०१
    बेलायती निर्वाचनः ४३२ सिटको घोषणामा लेवरलाई ३०५ सिट, कन्जरभेटिवलाई ६४ सिट

    लन्डन । बेलायतको तल्लो सदन हाउस अफ कमन्सको ६५० सिटका लागि भएको निर्वाचनमा यो समाचार तयार पार्दासम्म ४३२ सिटको परिणाम आएको छ ।

    जसमा विपक्षी लेबर पार्टीले ३०५ सिटमा विजय हासिल गरेको छ । सत्तारुढ कन्जरभेटिव पार्टीले ६४ सिट जितेको छ । 

    अन्यमा लिबरल डेमोक्रयाटले ४०, सिन फिनले ५, रिफर्म युकेले ४, स्कटिस नेसनल पार्टीले ४, प्लेइड क्याम्रुले ४, इन्डेपेन्डेन्ट २, डेमोक्रेटिक युनियनिस्ट पार्टीले २, ग्रीनले १ र एलाइन्स पार्टीले १ सिटमा विजय हासिल गरेका छन् ।

    बेलायतमा सरकार बनाउने बहुमतका लागि कूल ३२५ सिट आवश्यक पर्छ । बीबीसी


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ